नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको १३औं महाधिवेशनबाट सभापति पदमा विजयी भएको खुसियालीमा गृहजिल्लामा विजय जुलुस निकालिएको छ ।
मंगलबार बिहान निकालिएको खुसियाली तथा विजय जुलुसमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । विजय जुलुसमा बच्चादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो ।
‘देउवाको विजयले हाम्रो गौरव बढाएको छ’ विजय जुलुसमा सहभागी समैजी-१ का ८२ वर्षीय लालबहादुर दमाइँले भने ।
देउवा सभापतिमा विजयी भएको अवसरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले एकआपसमा खुसियाली तथा शुभकामना आदानप्रदान गरेका थिए । रासस