सरकारले महिला हिंसा र वालविवाह नियन्त्रण गर्न नयाँ रणनीति ल्याउने

 सरकारले महिला हिंसा र वालविवाह नियन्त्रण गर्न नयाँ रणनीति ल्याउने भएको छ ।
महिला हिंसाविरुद्ध काम गर्दै आएको आस्था संस्थाले आज राजधानीमा गरेको कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले सन् २०३० सम्ममा नेपालमा सवै किसिममा महिला हिंसा निर्मुल गर्न सरकारले छिट्टै नयाँ रणनीति जारी गर्न लागेको जानकारी दिए ।
उनले मन्त्रालयले तयार पारेको रणनीति मन्त्रिपरिषद्मा पेश गर्ने बताए ।कार्यक्रममा महिला शिक्षा र चेतनाका विषयमा गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
प्रतिवेदनमा महिला शिक्षाप्रति सचेतना बढेको र विद्यालयहरुमा छात्राको संख्या वृद्धि हुँदै गएको देखिएको छ । यस्तै नेपाल प्रहरी र नेपाली सेनामा पनि महिलाको उपस्थिति बढेको देखाइएको छ ।
कार्यक्रममा सञ्चारकर्मी वन्दना राणाले महिलामाथि हुने विभेद अन्त्य गर्न घरघर र समाजबाटै शुरुआत गरे परिणाम पनि सकारात्मक आउने बताए । इमेजखबरमा समाचार छ ।