नेपाली कांग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले आफूलाई विजयी बनाएर कांग्रेस कार्यकर्ताले सहिदको सम्मान गरेको बताएकी छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले आफूलाई जिताएर कार्यकर्ताहरुले आफ्ना पति चन्द्रनारायण यादवको योगदानको सम्मान गरेको बताइन् ।
सिरहाका तत्कालीन कांग्रेस सभापति चन्द्रनारायण यादवलाई वि.सं २०५७ सालमा माओवादीले हत्या गरेको थियो ।
पार्टीका नेताहरु र अन्य दलहरुसँग मिलेर मधेस समस्याको समाधान गर्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।