सरकारले झापा आन्दोलनताका मारिएका ५ लाई सहिद घोषणा गरेपछी प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक बिहीबार झापा र इलामको सीमानामा रहेको सुखानी पुगेका छन। झापा आन्दोलनका योद्धा समेत रहेका प्रधानमन्त्री ओलीले सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईंकेलको प्रतिमामा मार्ल्यापण गरे।
झापा कारागारबाट इलाम सार्ने बहानामा ०२९ साल फागुन २१ गते तत्कालीन सरकारले ५ जना झापा आन्दोलनका योद्धाको हत्या गरेको स्थल सुखानी पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली पहिलो प्रधानमन्त्री भएका छन्। यसअघि मुलुकका कार्यकारी प्रमुख सुखानी पुगेका थिएनन्।
सुखानी पुगेका प्रधानमन्त्री ओलीले आफू १८ सालमा पहाड छाडेर तराई आएका कारण ०२९ सालको झापा आन्दोलनको विज्ञ रहेको बताए। उनले आफूपनि झापा आन्दोलनको एउटा जिउँदो योद्धा भएको बताए।
सुखानीपछि खुदुनाबारीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकले राजनितिक क्रान्ति सकेर आर्थीक क्रान्ति सुरु गरेको बताए। उनले भने, अब नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले धरासयी अर्थतन्त्रलाई सुधार गर्दे मुलुकमा आर्थिक विकासमा अघि बढाउने छ।
एक छुटै प्रसङ्गमा प्रधामन्त्री ओलीले मुलुकको कार्यकारी प्रमुख हुनलाई आफूले कसैसँग टिका लगाएर आर्शिवादको रुपमा प्रधानमन्त्री पद नमागेको बताएका छन्। उनले भने, मलाई जनताले प्रधानमन्त्री बनाएका हुन मेरो काम जनता रिझाउने र विकास निर्माणका काम गरेर देखाउने हो, उनले भने।
प्रधानमन्त्री ओलीले सुखानी पार्कलाई पर्यटन पार्कका रुपमा विकास गर्न सरकार लागि पर्ने आस्वसन दिए। सेतोपाटीमा समाचार छ ।