उपप्रधानमन्त्री चित्रबहादुर केसीद्धारा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त

 उपप्रधान, गरिबी निवारण तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसीले केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
पर्वतको आठौं जिल्ला परिषदको शुक्रबार उद्घाटन गर्दै मन्त्री केसीले महाधिवेशनपछि नेपाली कांग्रेस पनि यहि सरकारमा सहभागी भएर राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गरे ।
विगतमा नेपाली कांग्रेसकै नेतृत्वको कमजोरीका कारण सहमतीय सरकार बन्न नसकेको बताउँदै सरकारमा सहभागी गराउनका लागि नेपाली कांग्रेससँग शीर्ष तहमा छलफल भैरहेको उनको भनाइ थियो । – इमेजखबरमा समाचार छ ।