सप्तरीमा सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनजनाको मृत्यु

  सप्तरीको छुट्टा-छुट्टै स्थानमा शनिबार भएका सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनजनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको मधुपटृी-९ स्थित बलान खोलानजिकै ना४ ख १४३० नम्बरको ट्रक र बा२२प ८५५७ नम्बरको मोटरसाइकल ठोक्किँदा सुनसरीको भादगाउँ सिनुवारी-८ निवासी प्रहरी जवान सुरज चौधरी र उदयपुरको रामपुर ठोक्सिला-१ का प्रहरी जवान सीताराम खड्काको मृत्यु भएको हो ।
यस्तै, सप्तरीको भारदहमा ट्रयाक्टरको ठक्करबाट भारदह-१ का ३० वर्षीय पप्पु माझीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । – इमेजखबरमा समाचार छ ।