साना किसान कृषि सहकारी संघले राजापुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार फोनबाटै सम्बोधन गरेका छन्।
सहकारी नमुना जिल्ला घोषणा कार्यक्रममा ओलीले फोनबाट सम्बोधन गरेका हुन्। संघले आयोजना गरेको घोषणा कार्यक्रममा हेलिकोप्टरबाट आउन लागेका ओली मौसम बिग्रेपछि बर्दिया पुग्न सकेनन्।
ओलीले करिब तीन मिनेटको सम्बोधनमा नमुना सहकारी जिल्ला भएको घोषणा गरेका थिए । सहकारीमा महिला सदस्यको संख्या उल्लेख्य भएको उल्लेख गर्दै सरकारले सहकारीको विस्तारका नयाँ कार्यक्रम ल्याउने बताए।
मौसम खराबी भएकाले भैरहवाबाट सम्बोधन गरेको आयोजकले जनाएका छन्।
ऋोलीले उद्घाटन गर्ने कार्यक्रम स्थगनपछि सांसद् मानबहादुर चौधरी, लिला राना, निर्मल सुवेदीले नमुना जिल्ला घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए। सेतोपाटीमा समाचार छ ।