कांग्रेसको दलित कोटामा जीवन, मानबहादुर र मीन विश्वकर्मा विजयी

 कांग्रेसको १३ औं महाधिवेशनमा दलित आरक्षणतर्फको नतिजा सार्वजनिक भएको छ । 

शनिबार साँझ सार्वजनिक नतिजाअनुसार दलित पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा निर्वाचित भएका छन् ।
 महिलातर्फ लक्ष्मी परियार र सुजाता परियार विजयी भए । कान्तिपुरमा समाचार छ ।