एकीकृत नेकपा माओवादी सांसद ल्हारक्याल लामा पक्राउ परेका छन् । १४ थान गोलीसहित लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा काठमाडौंको दरबार्गमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आरोपमा लामामाथि छानविन गरिरहेको छ । छानविनका लागि बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।
उनी समानुपातिकतर्फबाट सभासद बनेका थिए । इमेजखबरमा समाचार छ ।