उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय निकायको निर्वाचन नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
आइतबार बिराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन सम्पन्न नभएसम्म अहिलेकै सरकारले निरन्तता पाउने बताए ।
यद्यपि, नेपाली काँग्रेस सहितको राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूले पहल गर्ने उनले बताए ।
सहमतिको सरकार बन्दा राम्रो हुन्छ, म त्यही पक्षमा छु, उनले भने, सहमतिको सरकार बन्ने अवस्था रहेन भने यही सरकार रहन्छ, सरकार परिवर्तन हुँदैन । इमेजखबरमा समाचार छ ।