प्रधानमन्त्री केपी ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले विशेष योजना बनाउने जानकारी दिएका छन् ।
आफ्नै निवास बालुवाटारमा अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै उनले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।
उनले नाकाबन्दी खुल्दासमेत कालोबजारी नियन्त्रण र सहज आपूर्ति हुन नसक्नु दुःखद भएको भन्दै सरकारले प्रभावकारी रुपमा काम गर्ने बताए ।
उनले कालोबजारी केही दिनमै नियन्त्रण हुने दावी पनि गरे । अनेरास्ववियुले भने आयल निगम स्वयं कालोबजारीमा संलग्न भएको, अन्तर्राष्ट्रिय बजार अनुरुप पेट्रोलियम पदार्थको मूल्य सामायोजन गर्नुपर्ने, लिपुलेक सम्झौताको बिषयमा सरकारबाट स्पष्ट धारणा आउनु पर्नेलगायतका माग राखेको छ ।
ज्ञापनपत्र बुझाउन अनेरास्ववियुकी अध्यक्ष नविना लामा, महासचिव ऐन महरलगायत बालुवाटार पुगेका थिए । उनीहरुले आफना माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । इमेजखबरमा समाचार छ ।