कांग्रेसको खुलातर्फ २५ केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रीय सदस्यको टुंगो लागेको छ ।
सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्का १८४६ मत र प्रकाशमान सिंह १७९५ मतसहित दोस्रो र तेस्रो भएका छन् ।
मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भए । केन्द्रीय सदस्यमा खुल्लातर्फ विश्वप्रकाश शर्मा, रमेश लेखक नयाँ अनुहार हुन् । प्रदिप पौडेललाई तत्कालिन सभापति सुशील कोइरालाले मनोनयन गरेका थिए । कान्तिपुरमा समाचार छ । 

नवनिर्वाचित २५ केन्द्रीय सदस्यहरूले पाएकाे अन्तिम मत परिणाम यस्ताे छः
१. डा. शेखर कोइराला १८४८
२. खुमबहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कूलबहादुर गुरूङ १७७३
५. प्रदीप गिरी १७२५
६. प्रदीप पौडेल १७०९
७. बालकृष्ण खाँड १७०४
८ धनराज गुरुङ १६९७
९. रमेश लेखक १६८९
१०. पूर्णबहादुर खड्का १६८६
११ बिमलेन्द्र निधि १६८०
१२. बलबहादुर केसी १६७४
१३. महेश आचार्य १७६९
१४. विश्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६. रामशरण महत १६११
१७. एनपी साउद १५४७
१८. शंकर भण्डारी  १५४७
१९. ज्ञानेन्द्रबहादुर कार्की १५०२
२०.गोपालमान श्रेष्ठ १४९९
२१.चन्द्र भण्डारी १४९२
२२.प्रकाशशरण महत १४९१
२३. बद्री पाण्डे १४८५
२४. नारायण खड्का १४६४
२५. मिनेन्द्र रिजाल १४२०