नेपाली लोक दोहोरी क्षेत्रमा फेरी उदाउदै मोडल गायक सुन्दर ढकाल ! “दुई भित्ताको भोटो” बजारमा (भिडियो सहित)

सुन्दर ढकालको लोकदोहोरी “दुई भित्ताको भोटो”  ।
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित धरमपानीका कलाकार सुन्दर ढकालको लोकदोहोरी म्यूजिक भिडियो  “दुई भित्ताको भोटो” बजारमा आएको छ । २ बित्ताको भोटो लोकदोहोरीमा सुन्दर ढकाल र अस्मिता शर्माको स्वर रहेको छ ।  
शब्द सिर्जना अस्मित शर्माले गरेको यो म्यूजिक भिडियोमा निदेशन बिमल अधिकारी रहेको छ ।  भने  बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ ।
यसभन्दा अगाडि पनि कयौ लोकदोहोरी म्यूजिक भिडियो निकालिसकेका लोक दोहोरी क्षेत्र मै जन्मि हुर्कि आत्मा विश्वाशका साथ लागि रहेका गायक  ढकाल भन्छन्; म अहिले बिदेशमा छु तर समय समयमा नेपालमा आएर गीत गाउदै आएको छु, अनि भन्छन मलाई सुरुमा यो क्षेत्रमा लाग्नेको लागि बाटो देखाउने मेरो आत्मिया भाई संचारकर्मी तथा गायक शम्भु कुँवर हुनुहुन्छ र मेरो पहिलो लोक दोहोरी गीत “रुदै क्यारी बाँचम” भन्ने गीत हो भने जसमा शम्भु कुँवर र टिका पुनले गाउँनु भएको छ सोही गीतबाट निकै सफलता कमाएको बताउने सुन्दर ढकाल भन्छन्; सोही गीतमा शब्द सिर्जना मैले स्वयम गरेको छु, अनि त्यसपछि मेरो दोस्रो एल्बम “मर्छु म बरु तिम्ले मारेमा” गीत बजारमा प्रस्तुत गरे यस गीतमा पनि धेरै स्रोताको माया पाएको र अहिले पछील्लो क्रममा आँफै गीत गाएर अनि स्वयम आँफै भिडियोमा अभिनय पनि गरेको गायक ढकालले बताए । 
गायक ढकालको “बिग्रिएको देश” लगायतका कयौ लोकदोहोरी म्यूजिक भिडियोहरु आउने क्रममा छन् । 
मोडल गायक तथा सर्जक बनेका गायक सुन्दर ढकालको यो तिम्रो २ बित्ताको भोटो गीत लगायत सबै गीतहरुले स्रोताको मन पक्कै जित्ने छ भन्ने विश्वास लिइएको छ ।