सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, ईन्धन र उर्जा लगायतका सम्झौता हुने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमण जसरी नै उपलब्धिमुलक र ऐतिहासिक बनाउने दावी गरे ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण स्वभाविक भएको भन्दै प्रधानमन्त्री कुनै सपिङ लिष्ट लिएर भने नजाने स्पष्ट पारे ।
सञ्चारमन्त्रीले भने,संविधानसभाबाट संविधान बनेपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ । यो भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउछ । सरकार भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छौ ।
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे ।
उनले भने, संविधान कार्यान्वयन, पुनःनिर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नु छ । यो जिम्मेवारी पुरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ ।
उनले मधेसी दलहरुले प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएर संविधानलाई स्वीकारीसकेको भन्दै अहिलेको सरकार संविधान जारी गर्ने दलहरुको गठबन्धन भएकोले कसैलार्य पनि गणतन्त्र र संघीयता विरोधी भन्नुको अर्थ नभएको बताए । सेतोपाटीमा समाचार छ ।