विराट आयलको तेल बिक्री तत्काल रोक्न लेखा समितिको निर्देशन

बढी मुल्यमा तेल बिक्री गर्ने सरकारी अनुमति पाएको विराट आयलको तेल बिक्री तत्काल रोक्न सरकारी निकायलाई लेखा समितिले निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले विराटसँग मौज्दात तेल कति छ? यसबारे पनि सरकारी निकायबाट जानकारी माग गरेको छ। 
साथै किन फरक मूल्यमा तेल बिक्री यसबारे जानकारी गराउन पनि सरकारी निकायलाई निर्देशन दिएको छ।
बैठकमा उपस्थित नेपाल आयल निगम महानिर्देहशक गोपालबहादुर खड्काले विराटको बिक्री प्रक्रिया बारे आफूलाई थाहा नभएको बताए। 
विराटले कतिमा कसरी तेल बैच्छ थाहा छैन, मन्त्रिपरिषदले विराटलाई तेल बेच्न सहयोग गर्न भनेकोले सहयोग गरेका हौं, उनले भने। सेतोपाटीमा समाचार छ ।