मापदन्ड पूरा नगरे निजी विद्यालयहरुको अनुमति गरिने

विद्यालय क्षेत्रलाई व्यवस्थित गर्नका लागि अघि सारेको मापदन्ड पूरा नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी शिक्षा मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।
शिक्षा पत्रकार सञ्जालले विहीबार राजधानीमा गरेको कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बैकुण्ठ दवाडीले मापदन्ड लागू नगरे विद्यालय बन्द गरिने बताए ।
कार्यक्रममा निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पले तहननहस बनाएको अवस्थामा सरकारले अघि सारेको मापदन्ड पूरा गर्न नसक्ने बताए ।
तर, अभिभावक सघंका अध्यक्ष सुप्रभात भण्डारीले भने सरकारी नियम लागू नगरे अभिभावकहरु आन्दोलमा उत्रने बताए ।
शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले अभिभावकहरुको भेलाको दुई तिहाइबाट शुल्क निर्धारण गर्नुपर्ने, तीन वर्षभित्र भूकम्पप्रतिरोधी भवन बनाउनुपर्ने, अपांगमैत्री विद्यालय संरचना हुनुपर्ने, पर्याप्त खेल्ने ठाउँसहितको विद्यालय