विज्ञान प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले संविधानमा चित्त नबुझ्ने दलहरुलाई संसद्मा दुई तिहाइ बहुमत पु-याएर संशोधन गर्न चुनौती दिएका छन्।
सिरहाको मिर्चैया नपा-५ स्थित एमएम अस्पतालको आज उद्घाटन गर्दै मन्त्री पासवानले यस्तो चुनौती दिएका हुन्। उनले संविधान दुई तिहाइ बहुमतले जारी गरेको बताउँदै व्यक्तिगत स्वार्थमा लागेका केही नेताहरुले मात्र संविधान मधेसविरोधी भएको भनेर हल्ला मच्चाइरहेको बताए।
मधेसवादी दललाई लक्षित गर्दै उहाँले केही दलका नेताहरु स्वार्थ र अराजकताको राजनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले स्वार्थ र अराजकताको राजनीतिले समाज र देश दुवैको विकास हुन नसक्ने भन्दै विचार र सिद्धान्तको राजनीति गर्न उनले आग्रह गरे।
मन्त्री पासवानले चार