प्रधानमन्त्री चीनतर्फ प्रस्थान गरेकाले कार्यभार गच्छदारलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेकी छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई प्रधानमन्त्रीको प्रशासनिक कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस)