राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्वव्यापी अभियानको खाँचो रहेको बताएकी छिन् ।
चौथो अन्तर्राष्ट्रिय काष्ठ दिवसको आज राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायुको प्रतिकुल असरले मरुभूमीकरण बढ्दै गएको भन्दै यसलाई रोक्न साझा योजना आवश्यक रहेको बताएकी हुन् ।
उनले हरियो वन नेपालको धन नारामा मात्र सिमित हुन पुगेको भन्दै यसका लागि वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
काठको स्रोतको लागि प्राकृतिक संरक्षण आवश्यक भएको भन्दै उनले प्राकृतिक संरक्षणको लागि चेतना विस्तार गर्नुपर्नेमा जोड दिइन ।
विभिन्न अन्तर्राष्ट्रिय वन अनुसन्धान केन्द्रका प्रतिनिधि र विशेषज्ञहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न देशका कलाकारहरुले काठबाट निर्मित बाजागाजासहितको सांगीतिक प्रस्तुति दिएका थिए ।
राष्ट्रपति भण्डारीले प्रदर्शनमा राखिएका काठबाट निर्मित सामाग्रिको अवलोकनसमेत गरिन् । यस वर्ष संस्कृति र प्रकृति, प्रकृति र संस्कृति भन्ने नारासाथ विश्व काष्ठ दिवस मनाइएको छ । इमेजखबरमा समाचार छ ।