होली: ११ सय ५० जना पक्राउ

होलीका बेला ट्राफिक प्रहरीले कडा चेक गरेको छ ।
 
आज अपरान्ह सम्ममा प्रहरीले ११ सय ५० जना पक्राउ गरिएको उपत्यकाका फिल्ड अफिसर सिताराम हाछेथुले जानकारी दिए। तिब्र गतिमा सवारी चलाउने, मोटरसाइकलमा ३ जना बस्ने, हेल्मेट नलगाउने र मापसे गरेकाहरुलाई पक्राउ गरिएको हाछेथुले बताए।
 
होलीलाई मध्यजनर गर्दै प्रहरीले उपत्यकामा ५५ स्थानमा चेक गरिरहेको छ। प्रहरीले कडा चेक गरेका कारण दुर्घटना पनि कम भएको उनले बताए। सेतोपाटीमा समाचार छ ।