नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालमा लगानी गरी सहयोग गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सहभागी महासंघका अध्यक्ष मुरारकाले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषदले मंगलबार गरेको कार्यक्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरे ।
हाल नेपाल आर्थिकरुपमा अत्यन्त कमजोर रहेको र नीतिगत्रुपमा बाह्य लगानीका लागि अत्यन्त सहज वातावरण भएको भन्दै नेपालमा लगानी गरी नेपालको आर्थिक विकासमा सहयोग गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको महासंघले जनाएको छ ।
महासंघले चीन सरकारले अगाडि सारेको



