२० कोष टाढा सडक, विजुली पनि नपुगेको ठाउँमा ढुङ्गा र काठ बोक्दै बेलायती राजकुमार ह्यारी

HARRY INऔपचारिक नेपाल भ्रमण सकेर केही दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गर्नुभएका बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाविस-३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुट्नुभएको छ । बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले शुक्रबार बिहान देखि अपराह्नसम्म ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो । बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ । राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ । रासस
बेलायती राजकुमार ह्यारी गाेरखाकाे लापु-३ मा पुगेका छन् ।
सदरमुकाम बाट २० कोष टाढा सडक, विजुली पनि नपुगेको ठाउँमा बेलायती राजकुमार देखिँदा स्थानीयवासीले विश्वास नै गरेका छैनन् । शुक्रबार मध्यान्ह स्थानीय प्रभात किरण माविको भवन बनाउन ह्यारीले काम गरेका थिए ।  पृथ्वी राजमार्गबाट गोरखाको आरुघाट हुँदै मनास्लु पदर्मा पछ्याएर ह्यारी विहिबार साँझ लापुवेसी पुगेका हुन्  । उनलाई स्थनीय वासी र विद्यार्थीहरुले स्वागत गरे ।  
गाउँलेलाई व्रिटिस सेनाको प्रमुख आउने भनेर राम्रो स्वागत गर्न भनिएको थियो, हामीले स्वागत गर्‍यौं अरुलाई नभन्नु भनेका छन्, एक स्थानीयले भने,  गाउँमा काम गर्न आएकाले केहि नभन्नु भनेका छन् । टोलीको वाहेक अरु नयाँ मान्छे आयो भने पनि सोधखोज गर्छन्, विद्यालयका एक शिक्षकले भने ।
१० गते थप टोलि आएको र ११ गते राजकुमा ह्यारी आएको उनले बताए । बुढीगण्डकी नदीको काखको  विद्यालय र जलविद्युत आयोजनाकको काम गर्न जाँदा उनको सेनाको टोल अघि पछि लाग्ने गरेको छ । उनी झोलै वोकेर काम गर्ने गरेको एक शिक्षकले बताए । उनको भ्रमणलाई गोप्य राख्न भूकम्प पछि भत्किएको उक्त विद्यालय बनाउन जिल्ला शिक्षा कार्यालय साग अनुमति पनि लिइएको छैन । उनी हिँडेर गएको पदमार्ग भूकम्प पछि भत्किएर अस्थायी रुपमा हिंडडुलमा जोखिम छ । कान्तिपुरमा समाचार छ ।