दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्ला, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द

दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द भएको छ।
जहाजमा बम राखिएको हल्ला आएपछि जहाजभित्र रहेका यात्रुलाई स-कुशल निकालिएको विमानस्थलका डिआईजी गोविन्द निरौलाले सेतोपाटीलाई जानकारी दिए।  बम छ या छैन भन्ने कुरा हामी अनुसन्धान गर्दैछौ,  उनले भने,  त्यसकै लागि अहिले काठमाडौंबाट जहाज भित्रिने र बाहिरिने बन्द भएको हो। 
४ बजेर ३३ मिनेटमा काठमाडौं अवतरण भएको जेट एयरवेजको बोइङ ७३७-८ ए एल जहाजमा बमको हल्ला भएको हो।
विमानस्थलमा उडान अवतरण बन्द भएपछि नेपाल भित्रने धेरैजसो विमानहरु काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भएका छन् । आन्तरिक उडानका विमानहरुले उडानको दैनिक तालिका स्थगित गरेका छन्। सेतोपाटीमा समाचार छ ।