साता लामो चीन भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन् ।
त्रिभूवन विमानस्थलमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले चीनमा पारवहनलगायत महत्त्वपूर्ण सहमति र सम्झौता भएको उल्लेख गरे । उनले भ्रमणमा उल्लेख्य सहयोग जुटाउनसमेत सक्षम भएको बताएका छन् ।
प्रधानमन्त्रीलाई सभामुख ओनसरी घर्ति, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, एमालेका नेताहरु तथा उच्च सरकारी अधिकारीले स्वागत गरेका ।
प्रधानमन्त्री चैत ७ गते चीन गएका थिए । कान्तिपुरमा समाचार छ ।