चित्र बनाएर ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा काठमाडौंको बुढानिलकण्ठका भूकम्प प्रभावितहरुलाई राहत वितरण

 नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंको बुढानिलकण्ठका भूकम्प प्रभावितहरुलाई राहत वितरण गरेको छ ।
उपत्यकामा हिजो आएको भीषण हावाहुरीका कारण भूकम्पपीडितका अस्थाई टहरा र जस्तापाता उडाएर विचल्ली भएपछि प्रतिष्ठानले बुढानीलकण्ठको १५, १६ र १७ वडाका प्रभावितलाई जस्तापाता, खाद्यान्नलगायतका अत्यावश्यक सामाग्री वितरण गरेको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले आफूले चित्र बनाएर संकलित रकमबाट प्रभावितहरुलाई राहत वितरण गरेको बताईन ।
यहाँका भूकम्प प्रभावित बस्दै आएका अस्थायी टहरा सोमबार आएको हावाहुरीले उडाएको थियो । प्रभावितहरुले आफूहरुलाई सरकारले कुनै सहयोग नगरेको गुनासो गरेका छन् । इमेजखबरमा समाचार छ ।