एसएलसी परीक्षामा शुरु, परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जनाको सहभागिता

यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा शुरु भएको छ । 
यसपटक एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जनाले सहभागिता जनाएका  छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीकाअनुसार यसपटक एसएलसी परीक्षाको अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी छात्राले सहभागिता जनाएका  छन् ।
अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष एसएलसी दिने छात्राहरुको संख्या बढेको  छ ।
नियमिततर्फ २ लाख २७ हजार ५ सय ३५ छात्रा र २ लाख २५ हजार ३ सय ४६ छात्रले परिक्षा दिँएका छन् ।
यस्तै, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ जना र प्राविधिकतर्फ ३ हजार २ सय ५५ विद्यार्थीले परीक्षा दिँएका छन् ।
यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक हुनेछ । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका अनुसार ‘ए प्लस’ देखि ‘ई’सम्म ९ ओटा ग्रेडमा विद्यार्थीको मूल्यांकन गरिनेछ । – इमेजखबरमा समाचार छ ।