रिपोर्टर्स क्लव नेपालले वार्षिक उत्सवको अधिकांश सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ।बुधवार राजधानीमा आयोजित एक समारोहबीच वितरण गरेको छ ।
क्लबले यसवर्षको गिरिजाप्रसाद कोइराला स्मृति बरिष्ठ पत्रकार पुरस्कार संयूक्त रूपमा नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल र देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणालाई प्रदान गरेको छ । सो पुरस्कारको राशी एक लाख रुपैया रहेको छ ।
त्यसैगरी क्लबले तारणीप्रसाद कोइराला स्मृत्ति पत्रकारिता पुरस्कार पनि संयूक्त रुपमा अन्नपूर्ण पोष्टका चुडामणी भट्टराई र नेपाल टेलिभिजनका राजु सिलवाललाई प्रदान गरेको छ । सो पुरस्कारको राशी ५० हजार रहेको छ ।
त्यसैगरी यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार ओम शर्मालाई प्रदान गरेको छ । सो पुरस्कारको राशी २५ हजार रहेको छ।त्यसै गरी यो वर्षको बाबु छिरि फोटो पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका फोटो पत्रकार अमुल थापालाई प्रदान गरेको छ । सो पुरस्कारको राशी २० हजार रुपैया रहेको छ ।
त्यसरी नै २० हजार रुपैयाँ राशीको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका रामकुमार कामतलाईप्रदान गरिएको छ ।
२० हजार राशीको सर्वोत्कृष्ट यूवा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिक बसन्त बस्नेतलाई प्रदान गरिएको छ ।
क्लवले यस वर्षको