लोकतन्त्र दिवसको बिदा सरकारले काटेकामा तराई मधेस लोकतान्त्रिक पार्टीको विरोध

तराई मधेस लोकतान्त्रिक पार्टीले ऐतिहासिक जनआन्दोलन २ बाट स्थापित लोकतन्त्र दिवसको बिदा सरकारले काटेकामा विरोध जनाएको छ ।
तमलोपाले मधेसी, आदिवासी, जनजाति, मुस्लिम, दलित, पिछडा वर्गका जनताको आकांक्षाविपरीत लादिएको विवादास्पद संविधान जारी गरिएको दिन बिदा दिइएकामा तीव्र असन्तुष्टि प्रकट गरेको छ । 
तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुल्कद्वारा शुक्रबार जारी विज्ञप्तिमा लोकतन्त्रका महत्त्व कम गरी यसरी विवादास्पद दिनमा बिदा दिने सरकारले निर्णय खारेज गर्न माग गरिएको छ । कान्तिपुरमा समाचार छ ।