सिरियामा हवाई आक्रमणमा अल कायदासँग सम्बद्ध अल-नुसरा फ्रन्टका प्रवक्तासहित २० लडाकु मारिए

सिरियामा हवाई आक्रमणमा अल कायदासँग सम्बद्ध अल-नुसरा फ्रन्टका प्रवक्तासहित २० लडाकु मारिएका छन् ।
इडलिब प्रान्तमा गरिएको हवाई आक्रमणमा अल-नुसरा फ्रन्टका प्रवक्ता अबु फिरास अल-सुरी र उनका छोरासहित २० लडाकु मारिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको हो ।
हवाई आक्रमण सिरियाली सेना वा रुसी सेना कसले गरेको भन्ने खुलाइएको छैन । अल नुसराका प्रवक्ता अबु फिरास काफार जालेस गाउँमा अरु नेतासँग बैठकमा रहेका बेला आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ ।
सिरियामा अहिले अल्पकालिन युद्धविराम लागु भएको छ । तर यसमा अल-नुसरा फ्रन्ट र आईएस भने सामेल छैनन् । (एजेन्सी)