कांग्रेस केन्द्रीय समिति बैठकद्वारा संसदीय दलको विधान अनुमोदन

कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरको एक हलमा बसेको बैठकले संसदीय दलद्वारा प्रस्तावित विधान अनुमोदन गरेको हो ।
दलको विधानमा अन्तरिम संविधान, २०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका-संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गरिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । त्यस्तै दलको विधानमा नेपालको संविधानको अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी-जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरेको जोशीले बताए ।  
कांग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र संसदीय कार्यसमितिको २६ गते निर्वाचन गर्न मिति निर्धारण गरेको छ ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । कान्तिपुरमा समाचार छ ।