भ्रष्टाचार विरुद्धको अभियान नेपालका तर्फबाट अभियन्ता सुमन श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्।
श्रेष्ठले अख्तियार प्रमुखको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारकै कार्यालयमा सोमबार निवेदन दिएका हुन्।
सूचनाको हक अनुसार प्रमुख आयुक्त कार्कीको सम्पत्ति विवरण माग गरेको श्रेष्ठद्वारा जारी प्रेश विज्ञप्तिमा जनाइएको छ।
सार्वजनिक ओहोदामा रहेका व्यक्तिले आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउनु पर्ने कानुनी प्रावधान रहेको छ। कार्कीले त्यसअनुसार आफ्नो विवरण बुझाएको/नबुझाएको जानकारी गराउन पनि श्रेष्ठले माग गरेका छन्।
विज्ञप्तिमा उनले भनिएको छ, नेपालमा भ्रष्टाचार निवारणका लागि सर्वप्रथम भ्रस्टाचार बिरोधी निकायहरू नै पारदर्शी रुपमा चल्नु पर्ने अधिकारकर्मी सुमनको माग रहेको छ। सेतोपाटीमा समाचार छ ।