भदौ ७ गतेको टीकापुर घटनामा संलग्न आरोपमा नारायणपुर गाविसको बेलुवा गाउका विश्राम चौधरीलाई मंगलबार साझ प्रहरीले पक्राउ गरेको छ ।
सादा पोशाकमा गएका प्रहरीले टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिकै रहेको उनको पसलबाट पक्राउ गरेको हो । उनलाई टीकापुर घटनामा कर्तव्य ज्यान, डाकाचोरी लगायतका प्रहरीले मुद्दा लगाएको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई धनगढी पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए । कान्तिपुरमा समाचार छ ।