प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
बुधबार भएको संसदीय दलको निर्वाचनमा दलको नेता निर्वाचित भएका सभापति देउवालाई प्रधानमन्त्री ओलीले साँझ फोन गरी बधाई तथा शुभकामना दिएको देउवा निकट स्रोतले बतायो।
जवाफमा देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै देश र जनताको हितमा सरकारले गरेका राम्रा कामहरुमा पूर्ण सहयोग र समर्थन रहने आश्वासन दिँदै मुलुकको समग्र हितका लागि सबै दलबीच आपसमा सहमति र सहकार्यको संस्कृतिकै आधारमा आफू बढ्न तयार रहेको बताएका थिए।
देउवाले पार्टी नेता पौडेललाई ठूलो मतअन्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका थिए। सेतोपाटीमा समाचार छ ।