स्तरीय सडक सुविधाबाट बञ्चित कर्णाली अञ्चलका यात्रु हवाइ सेवा प्रभावकारी नहुँदा बीचमै अलपत्र परेका छन् ।
विभिन्न कामका लागि सुर्खेत आएका र सडक सञ्जालबाट बञ्चित हुम्लाका यात्रु घर फर्किन नपाएपछि अलपत्र परेका हुन् ।
गत फागुन १४ गते एयर काष्ठमण्डपको सिंगल इन्जिन भएको जहाज कालिकोटको चिल्खायामा दुर्घटना भएपछि प्राविधिक कारण देखाउँदै सरकारले सिंगल इन्जिनका विमानले यात्रु बोक्न रोक लगाएपछि यात्रुहरु घर फर्कन नपाएका हुन् ।
अरु विकल्प नै नखोजी सिंगल इन्जिनको जहाजलाई यात्रु बोक्न रोक लगाएपछि कर्णालीबासी मारमा परेका हुन् । उनीहरुले तत्कालै यसको विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । इमेजखबरमा समाचार छ ।