शनिबार गएको भूकम्पका कारण ललितपुरमा ५ जना घाइते

शनिबार बेलुका गएको भूकम्पका कारण ललितपुरमा ५ जना घाइते भएका छन्। भूकम्पमा भागदाैडका क्रममा घाइते पाँच जनामध्ये बिएनबि अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना र अल्का अस्पतालमा १ जना उपचारका लागि भर्ना छन्।
घरको तल्लाबाट भाग्ने क्रममा सुन्धाराकी २७ बर्षीया रत्नादेवी शाक्यको दाहिने खुट्टा भाँचिएको छ। प्रहरीका अनुसार घाइते हुनेमा विकेश शाक्य र संगिता बैद्य छन्। अन्यको नाम खुलेको छैन। नागरिकन्युजमा समाचार छ ।