राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा नेतृत्वले दुरुपयोग गरेकाले नेपाल कमजोर: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा नेतृत्वले दुरुपयोग गरेकाले नेपाल कमजोर भएको बताएका छन्। 
 
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले अगस्ति नेतृत्वको तृष्णा र नेपालीको चिन्ताबीचको फाटोका कारण राज्य कमजोर भएको दाबी गरे ।  
 
शाहले नेपालित्व र स्वाधीनता रक्षाका लागि देशभक्त शक्तिहरुलाई समेटर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
 
शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  स्वदेशको माटोमा दह्राेसँग खुट्टा टेक्ने र नेपालको मौलिक अस्तित्व नेपालको आफ्नै स्वाधिन प्रमुख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरुलाई समेटर अघि बढ्नु आवश्यक भइरहेको छ ।
 
शाहले स्वदेशलाई माया गर्न आग्रह गर्दै  स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं  भनेका छन्। सेतोपाटीमा समाचार छ ।