गायक उदित नारायण झालाई भारत सरकारद्वारा पद्म भूषणले सम्मान

गायक उदित नारायण झालाई भारत सरकारले पद्म भूषणले सम्मान गरेको छ। पद्म भूषण भारतको सरकारले दिने तेस्रो ठूलो नागरिक सम्मान हो। मंगलबार उदितसँगै भारतिय टेनिस खेलाडी सानिया मिर्जालाई भारतका राष्ट्रपति प्रणव मूखर्जीले सो अवार्ड प्रदान गरेका हुन्।
गीत संगीतको दुनियाँमा अतुलनिय योगदान पुर्याएकोमा भारत सरकारले उक्त सम्मान उदितलाई प्रदान गरेको हो। पुरस्कार समारोहमा कालो रंगको सुट लगाएका थिए भने पुरस्कार पाएपछि राष्ट्रपतिको खुट्टा छोएको भारतिय मिडियाले जनाएका छन्।
राष्ट्रपति भवनमा उदितसँगै अभिनेता रजनीकान्तलाई दोस्रो ठूलो सम्मान पद्म भूषण दिइएको थियो भने अभिनेत्री प्रियंका चोपडालाई पद्मश्रीले सम्मानित गरिएको थियो। एजेन्सी