आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिन माग

 सरोकारवालाहरुले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिन माग गरेका छन् ।
राजधानीमा शनिबार आयोजित कृषिमा आत्मनिर्भरताका लागि आगामी बजेटले लिनुपर्ने बाटो विषयक अन्तक्र्रियामा उनीहरुले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन बजेट वृद्धि गर्न सुझावसमेत दिएका छन् ।
कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले संसदीय समितिले गर्ने बजेट पूर्वको छलफल विशेष महत्वपूर्ण हुने भएकाले आ-आफ्ना क्षेत्रका समस्या पहिचान गरी सरकारसँग बजेट माग गर्नुपर्ने बताए उनले बजेट पारित भइसकेपछि संशोधन गर्न नसकिने भएकाले बजेट पूर्वको छलफललाई प्रभावकारी बनाउनुपर्ने बताए ।
आगामी बजेटमा कृषि अनुदानलाई बीमासँग जोड्न सरकारलाई उहाँको सुझाव थियो । सभापति थापाले आगामी बजेटमा कृषि उत्पादनको आयात कम गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले आगामी बजेटमा एक जिल्लामा २ वटा बालीमा प्याकेजको व्यवस्था गर्ने, किसानलाई चार वर्गमा बर्गीकरण गरेर परिचयपत्रको व्यवस्था गर्ने, कृषिलाई उद्योगको रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको बताए ।
उनले आगामी २ बर्षमा मुलुक धान, गहुँ, आलु, माछा र तरकारीमा आत्मनिर्भर हुने दबीसमेत गरे । इमेजखबरमा समाचार छ ।