गरिवी निवारण कोष ताहाचल काठमाडौंका कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा मुद्दा दायर

गरिवी निवारण कोष ताहाचल काठमाडौंका कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि मुद्दा दायर गरेको छ।
 
कोषका  कार्य प्रवन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख एवं कार्यकारी निर्देशक समेतले एक आपसमा सरसल्लाह र मिलेमतो गरी कोषलाई गैह्र कानूनी हानी नोक्सानी पुर्याउने काम गरेको भन्दै अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो ।
 
 चार करोड चौतीस लाख सतासी हजार नौसय सोह्र रुपियाँ  विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणकानाममा खर्च भएको भनि झुठा विल भरपाई वनाई पेश गरी पेश्की फछर्यौट गर्ने गराउने भेटिएको अख्तियारले जनाएको छ। सेतोपाटीमा समाचार छ ।