सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव जेठ १९ का गतेका लागि सारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १० गतेका लागि तोकिएको निजामती कर्मचारीहरुको निर्वाचन जेठ १९ गते गर्ने निर्णय गरेका सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
सत्तारुढ दल एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दल निकट निजामती संगठनले चुनाव नसारे बहिष्कार गर्ने चेतावनी दिएपछि सरकारले वैशाख १० गतेका लागि तोकिएको अधिवेशन स्थगित गर्दै जेठ १९ मा गर्ने निर्णय गरेको हो।
यसअघि सत्तारुढ दलनिकट कर्मचारी संगठनले अधिवेशनमा भाग नलिने घोषणा गरेपछि दुई पटक अधिवेशनको मिति सारिएको थियो। सेतोपाटीमा समाचार छ ।