प्रधानमन्त्री ओलीद्वारा संविधान जारी गर्न नदिन ‘कु’ गर्नेसम्मको प्रयास भएको यतिबेर खुलासा हुन थालेको उल्लेख

प्रधानमन्त्री केपी ओलीले संविधान जारी गर्न नदिन ‘कु’ गर्नेसम्मको प्रयास भएको यतिबेर खुलासा हुन थालेको बताएका छन् । कान्तिपुरमा समाचार छ । 
पूर्वराष्ट्रपति रामवरण यादवले बिहीबार राजधानी दिएको अभिव्यक्तिप्रति  संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसबेला संविधान जारी गर्नै पर्छ भन्ने आफूहरुको अडान कति महत्वको रहेछ भन्ने अहिले पुष्टि भएको बताए ।
संविधान बन्न नदिने कत्रो प्रयत्न भएको  रहेछ, हिजो (बिहिबार) मात्र एकजना व्यक्तिको अभिव्यक्तिबाट खुलासा भएको छ,  कम्यूनिष्ट पार्टी स्थापनाको ६८ औ बर्ष पुगेको अवसरमा एमालेद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  ओलीले भने, कु गर्ने सम्मको  कुरा रहेछ, संविधान जारी गर्नु कति महत्वको रहेछ भन्ने अहिले सावित भएको छ ।
पूर्वराष्ट्रपति यादवले संविधान प्रक्रियामा आफूलाई धेरै चित्त नबुझेको बताएका थिए । त्यसबेला राष्ट्रिय सहमति नभइ राजनीतिक सहमतिले मात्र संविधान बनेको यादवको धारणा थियो । त्यस्तो अवस्थामा आफू बाहेक अन्य कोही पदमा भएको भए २०१७ सालमा राजा महेन्द्रले जस्तै ‘कु’ गर्न सक्ने अवस्था रहेको यादवले बताएका  थिए ।
प्रधानमन्त्री ओलीले संविधान जारी भइसकेकोले अब यसको कार्यान्वयनका लागि मिलेर जान सबै राजनीतिक दलहरुलाई आग्रह गरे । आन्दोलनरत मधेसी दलहरुलाई पनि संवादमा आउन पुन: आग्रह गरे । सही विचारको पक्षमा सबै मिलेर जान सकिने आधार संविधानले नै प्रदान गरेको भन्दै ओलीले वार्तामा बस्न आहु्वान गरेका हुन् । उनले काग्रेसलाई पनि सहमति तोडेर गए पनि अब मिलेर जान सकिने भन्दै सहमतिमा आउन आग्रह गरे ।  हामी पनि सरकारमा थियौं, तर एमालेलाई केही पनि नदिने सबै आफैं मात्र लिने गरी अघि बढ्न खोजियो, सहमति तोडियो,  प्रधानमन्त्री ओलीले भने, अहिले अलि अलि पिर परेको जस्तो देखियो । एमाले खुलस्त छ आउनुहोस् आफ्ना कुरा भन्नुहोस् ।  उनले प्रधानमन्त्री चयन हुनेबेलामा आफूलाई मत हाल्नेलाई पछुतो हुन नदिने प्रतिबद्धता गरेको उल्लेख गर्दै त्यो प्रतिबद्धतालाई कमजोर हुन नदिएको दाबी गरे ।
कार्यक्रममा एमालेका अर्का नेता माधवकुमार नेपालले महत्वपूर्ण राजनीतिक उपलब्धीहरु हासिल भएकाले अब ती उपलब्धीहरुलाई जोगाउदै अघि बढ्नुपर्ने बताए । अहिलेको चुनौतीहरु समाना गर्नका लागि पार्टी भित्रको आन्तरिक एकतालाई अझै मजबुत बनाउनुपर्ने उनको जोड थियो । अब आर्थिक समृद्धिका लागि कम्यूनिष्ट पार्टीले अगुवाई गर्नुपर्ने बेला आएको उल्लेख गर्दै नेता नेपालले त्यसअनुसार पार्टीलाई गतिशिल बनाउनुपर्ने धारणा राखे ।
एमाले महासचिव ईश्वर पोखरेलले संविधानले महत्वपूर्ण उपलब्धीहरु संस्थागत गरेको उल्लेख गर्दै अब त्यसलाई कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताए । त्यस्ता षड्यन्त्रहरुलाई परास्त गर्नै अघि बढ्नुपर्ने उनको धारणा थियो ।  हाम्रो स्वाभिमानमाथि बालात्कार गर्न खोजिएको छ