सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले कल्पना स्मृति कोषको स्थापना गरेका छन्। गत बैशाख १२ गतेको भुकम्पमा परी निधन भएकी रफत सञ्चार क्लबकी सदस्य ३७ वर्षीया कल्पना थापाको नाममा कल्पना स्मृति कोषको स्थापना भएको हो।
कोषका संरक्षक उनका पिता प्रेम बहादुर थापाले कोष सञ्चालनमा ल्याएका हुन्। भक्तपुरको सूर्यबिनायक शाखाको राष्ट्रिय बाणिज्य बैंक कोषको खाता नं १३७०००००२३०६ मा दुई लाख ३३ हजार रकम जम्मा गरेको घोषणा गर्दै थापाले आफ्नो निजामती सेवाबाट सेवा निबृत प्राप्त भएको रकम मध्येको उक्त रकम कोषलाई हस्तान्तरण गरेका थिए।
उनले स्मृति कोषलाई सहयोग गर्न इच्छुक ब्यक्तिहरुले उक्त खातामा रकम जम्मा गरि सहयोग गर्न आग्रह समेत गरेका छन्।
कोषको रकमबाट विकट र पिछडिएका क्षेत्रमा शिक्षा, स्वास्थ्य र सञ्चारमा सहयोग गर्ने बताएका छन्।
क्लबका सदस्य ३७ बर्षिय कल्पना राजनीतिक गतिबिधिमा पनि लागेकी थिइन्। खेलकुदमा पारंगत थापाले बिभिन्न पदकसमेत पाएकी छन्।
उनी मध्य पश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिइन्।
उनका पति सरोज राज गोसाँई, ४ बर्षीय छोरा सौरभ र ८ बर्षीया छोरी कसमी छन्। सेतोपाटीमा समाचार छ ।