प्यूठानको बाग्दुलाबाट खुङतर्फ जाँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु, ११ जना घाईते

प्यूठानमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने थप ११ जना घाईते भएका छन्। दुर्घटनामा परी खुङ-७ निवासी अन्दाजी ४० वर्षीय रामबहादुर जिसी र उनका सहोदर भाई ३५ वर्षीय जनक जिसीको घटनास्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिए ।
बाग्दुलाबाट खुङतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्वरको यात्रुवाहक जिप आईतवार बेलुका पाँच वजेरित दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परि थप ११ जना यात्रु घाईते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गंभिर रहेको राप्ती अंचल प्रहरी प्रवक्ता कार्कीले बताए । 
जिप ओखरकोट-६ लामासेरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गम्भीर घाईतेलाई बुटवल  रेफर गरिएको छ भने अन्यको उपचार जिल्ला अस्पताल विजुवारमा भइरहेको छ । 
जिप सडकबाट करिव दुई सय मिटर तल खसेको प्रहरीले छ । प्रहरीले चालक फरार रहेको र उनको खोजी भईरहेको जानकारी दिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । सेतोपाटीमा समाचार छ ।