देशभित्र लगानि गर्ने बातावरण छैन: मुरारका

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १६ बैसाख । नेपाल उद्योग बाणिज्य माहासघका केन्द्रीय अध्यक्ष पसुपति मुरारकाले बन्द हड्तालका कारण देस भित्र लगानी गर्ने वातावरण नभएको बताउनु भएको छ । उहाले उद्योग धन्दा कल कारखानाको लगानी दिन प्रतिदिन  असुरक्षित हुदै गएको बताउनु भयो ।  
  नेपाल उद्योग बाणिज्य महासघको लुम्बिनी अन्चल भेलाको सन्धिखर्कमा उदघाटन गर्दै अध्यक्ष मुरारकाले उद्योग कलकारखाना दिन प्रतिदिन धरासाहि हुनुमा सरकार जिम्मेवार हुनु पर्ने मा जोड दिनु भयो । 
उहाले देसभित्र लगानि गर्ने बातावरण नभएको दाबि गर्दै बन्द हड्ताल लगाएतका आन्दोलन का कार्यक्रम ले गर्दा उद्योग धन्दा धरासाहि बनेको दाबि गर्नु भयो । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य माहासघका बरिस्ठ उपाध्यक्ष भबानि राणा , केन्द्रीय उपाध्यक्ष किसोर प्रधान , केन्द्रिय सदस्य बिस्नु दास श्रेष्ठ , गुल्मी उद्योग बाणिज्य सघका दुर्गा प्रसाद पान्डे नबलपरासिका अध्यक्ष दिपक थापा लगाएतले मन्तब्य राखेका थिए । 
  भेलामा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम,  पत्रकार माहासघका अध्यक्ष सोभाखर पन्थि लगाएतले शुभकामना मन्तब्य राखेका थीए ।  कार्यक्रम उद्योग बाणिज्य माहासघ अर्घाखाँची का अध्यक्ष कृस्ण प्रसाद श्रेष्ठको अध्यक्षता, माहासचिब नेत्र प्रसाद भुसाल को सन्चालन युबराज श्रेष्ठ को स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।