रसुवामा बोक्सीको आरोपमा एक महिलालाई कुटपिट र आगो लगाइ हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा यार्सा-९ घोर्मुका कान्छा शेर्पा थिङ, भोर्ले-२ कासाहिला थिङ भनिने छेनुर्बु तामाङ र यार्सा-९ कि ल्वाङबुटी तामाङ रहेका छन् ।
उनीहरुले यार्सा गाविस वडा नम्बर-९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सीको आरोपमा कुटपिट गरी आगो लगाउनुका साथै जिउँदै खाडलमा पुरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले बोक्सीको आरोप लागेकी महिलालाई हत्या गर्नुअघि मलमूत्र खुवाउने र गाउँ निकाला गर्ने हर्कतसमेत गरेको अनुसन्धानका क्रममा खुलेको रसुवाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । इमेजखबरमा समाचार छ ।