सद्भाव भड्काउने क्यानेडियन नागरिक पेनरलाई दुई दिनभित्र नेपाल छाड्न निर्देशन, भिसा रद्द

सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने खालको सामग्री फैलाएको आरोपमा पक्राउ परेका क्यानेडियन नागरिक रोबोट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले उनको भिसा रद्द गरेको छ ।
गृह प्रवक्ता यादव कोइरालाका अनुसार दुई दिनभित्र नेपाल छोड्न पेनरलाई निर्देशन दिएर छाडिएको छ । उनलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो । दुईदिन भित्र नेपाल नछोडे जेल चलान गरिन्छ, उनले भने ।
ट्वीटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत नेपालमा समाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै पेनरलाई पक्राउ गर्न अध्यागमन विभागले सोमबार ललितपुर प्रहरी परिसरलाई अनुरोध गरेको थियो । कातिपुरमा समाचार छ ।