राष्ट्रपतिको आगामी सातादेखि गर्ने भनिएको भारत भ्रमण स्थगित

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सातादेखि गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ ।
यही वैशाख २७ गतेदेखि पाँच दिनका लागि हुने भनिएको भ्रमणलाई मन्त्रिपरिषदले अनुमोदन नगरेका कारण भ्रमण स्थगित गरिएको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाईसमेत भ्रमण स्थगित भएको जानकारी दिइसकेको बुझिएको छ । – इमेजखबरमा समाचार छ ।