भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउन राजदूत फिर्ता बोलाएको सरकारको दावी

भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउन राजदूत फिर्ता बोलाएको सरकारको दावीकाठमाडौं, वैशाख २५ – सरकारले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई राजनीतिक पुर्वाग्रह राखेर फिर्ता नबोलाएको स्पष्ट पारेको छ । 
राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको विषयमा संसदलाई जानकारी गराउँदै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने र सरकारको सोचाई अनुसार काम गर्ने वातावरण बनाउन फिर्ता बोलाइएको बताउनुभयो । 
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित हुनु र  राजदूत फिर्ता बोलाउनु एउटै समयमा भए पनि यी दुईविचमा कुनै सम्बन्ध नरहेको भन्दै थापाले यसलाई अस्वभाविक र अतिरञ्जितपुर्ण रुपमा व्याख्या नगर्न पनि आग्रह गर्नुभयो ।