कानुन दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ ।
दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कार्यक्रम हुँदैछ । प्रधान न्यायाधीश सुशीला कार्कीले ६ दशक अगाडि स्थापित न्यायपालिका र अवलम्बित न्याय पद्धतिले नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले जिम्मेवारीबोधका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
कानुन दिवसको सन्दर्भमा उहाँले एक सन्देश दिनुहुँदै विभिन्न समयमा देखापरेका चुनौतीको सामना गरी न्यायपालिकाको स्वतन्त्रतालाई जोगाइराख्न अमूल्य योगदान गर्नुहुने हाम्रा अग्रज न्यायाधीश, न्यायकर्मी, कानुन व्यवसायी, कर्मचारी, सञ्चारकर्मीलगायत समस्त नेपाली नागरिकले गरेको योगदानको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक सम्मान पनि व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानले नागरिकका हक अधिकारको संरक्षण तथा सङ्घीयतामा आधारित लोकतान्त्रिक शासन पद्धति र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने गहन दायित्व र जिम्मेवारी न्यायपालिकालाई सुम्पेको र संवैधानिक दायित्वलाई बोध गर्दै जनताप्रति उच्च समर्पणभावका साथ न्यायिक सेवाको गुणस्तरीयता एवम् प्रभावकारिता तथा न्यायमा सहज पहुँच अभिवृद्धिमार्फत्