रेडक्रस नेपालको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सुरु गरेको सडक सुरक्षा सप्ताहको आज समापन गरिएको छ।
सडक सुरक्षा सप्ताह अन्तर्गत उपत्यकाका विभिन्न विद्यालयमा ट्राफिक सम्बन्धि जनचेतना आयोजना गरिएको थियो भने सवारी चालक र धनीलाई पनि सचेतना कक्षा संचालन गरिएको थियो।
समापन कार्यक्रममा बोल्दै डिआईजी प्रकाश अर्यालले दुर्घटनाको गति बढेका कारण न्युनिकरण गर्नका लागि सडक सुरक्षा सप्ताह संचालन गरिएको बताए।
उनले नेपालमा वर्षेनी २ हजार भन्दा बढीले सवारी दुर्घटनाका कारण ज्यान जाने गरेको बताए। दैनिक ५ जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुने गरेको अर्यालले बताए। कार्यक्रममा रेडक्रसले ट्राफिक प्रहरीलाई प्राथमिक उपचारको सामग्रीहरु प्रदान गरेको छ। सेतोपाटीमा समाचार छ ।